दफा १४
भण्डारण गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड
अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको भण्डारण गर्दा देहायका शर्त तथा मापदण्डको पालना गर्नु वा गराउनु पर्नेछः-
(क) सुक्खा र पर्याप्त हावा खेल्ने स्थानमा तथा सम्बन्धित रसायनको प्रकृति अनुसारको उपयुक्त तापक्रममा भण्डारण गर्नु पर्ने,
(ख) तातो वा आगोको स्रोत नभेटिने स्थानमा भण्डारण गर्नु पर्ने,
(ग) अधातुबाट बनेको तख्तामा भण्डारण गर्नु पर्ने,
(घ) एक आपसमा मिसिँदा रासायनिक प्रतिक्रिया हुने प्रकृतिका तेजाब वा अन्य घातक रासायनिक पदार्थ मिसिन नसक्ने गरी अलग अलग स्थानमा भण्डारण गर्नु पर्ने,
(ङ) क्षार, अक्सिडाईजिङ्ग एजेन्ट, अर्गानिक तथा प्रज्वलनशील पदार्थसँग एउटै स्थानमा भण्डारण गर्न नहुने,
(च) भण्डारण गरिएको स्थानमा खतरा जनिने सङ्केत वा चिन्ह उल्लेख गर्नु पर्ने
(छ) खाद्य पदार्थ वा दैनिक उपभोग्य अन्य वस्तुसँग एकै ठाउँमा भण्डारण गर्न नहुने।